विन्ध्येश्वरी स्कुलमा चित्रकला प्रतियोगिता
पाेखरा | जेठ २, २०८२
पोखरा: विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तरगत चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा कक्षा नर्सरीबाट इशान सुवेदी प्रथम, सनिका थापामगर द्वितीय र इज्रा तामाङ तृतीय भएका छन् । कक्षा एल.के.जी.बाट इमान थापाक्षेत्री प्रथम, विपीन रानामगर द्वितीय र नोआ गुरुङ तृतीय भएका छन् ।
कक्षा यु.के.जी.बाट मबेल थापामगर प्रथम, राजश्री अर्याल द्वितीय र अल्बिना तामाङ तृतीय भएका छन् । यस्तै कक्षा एकबाट सलोम राई प्रथम, सनम बराइली द्वितीय र लियोसा के.सी. तृतीय भएका छन् ।
कक्षा २ बाट पारोमिता मोण्डल प्रथम, कक्षा ३ की अनिसा गुरुङ द्वितीय र कक्षा २ का एडेन गुरुङ तृतीय भएका छन् । कक्षा ४ बाट मौ भौमिक प्रथम, कक्षा ५ की प्रेमिका नेपाली द्वितीय र कक्षा ५ कै प्रिन्स सुनार तृतीय भएका छन् ।
त्यस्तै सिनियर आधारभूततर्फ कक्षा ८ की मेहुली मन्ना प्रथम, सोही कक्षाकी उपासना रेग्मी द्वितीय र कक्षा ७ की सविता सुनार तृतीय भएका छन् । मा.वि.तहमा कक्षा ९ की सुनिशा सुनार प्रथम, कक्षा १० की प्रशंशा सुनार द्वितीय र सोही कक्षाकी आरोशी देवकोटा तृतीय भएका छन् ।
शिक्षिका अनिता थापाको संयोजकत्वमा भएको उक्त प्रतियोगिताको पुरस्कार वितरण विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले गरेका थिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

